लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन
भदौः लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ।
नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए। नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए। बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए।
‘उहाँ हिजो (शुक्रबार)मात्रै मलेशयिाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै थियो, बिहान उठेपछि अप्ठेरो भयो भनेपछि मेडिकल कलेज लैजादैं गर्दा निधन भएको हो’, वडाध्यक्ष मुसलमानले भने।
नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनी ७० वर्षका हुन ।