सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट झण्डै दुई लाख सहित ९ जना जुवाडे पक्राउ

२०७६ साउन १०, ०३:०९ खबर संवाददाता

प्रहरीले कैलालीको अत्तरियाबाट झण्डै दुई लाख नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा अत्तरियामा रहेको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले दुई लाख ३१ हजार आठ सय ३० रुपैया सहित नौ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय डबल खड््का, सोही ठाउँका ४२ वर्षीय लोकेन्द्र सिंह साउद , वडा नम्बर १ बस्ने ४० वर्षीय नवराज भट्ट,

सोही स्थानका ४२ वर्षीय बेनु प्रसाद खरेल, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय सन्तोश चन्द, भीमदत्त नगरपालिका वडा नम्बर ३ कै २६ वर्षीय राम बहादुर सिंह, सोही स्थानका ३३ वर्षीय धिरेन्द्र बहादुर चन्द, ३२ वर्षीय सन्जु राना, कञ्चनपुरकै महाकाली नगरपालिका ५ का ३० वर्षीय रामदत्त जोशी रहेका छन्। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारवाहीका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस