सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट अवैध कुखुरा ओसारपसार गर्ने दुई जना कैलालीमा पक्राउ

२०७६ साउन १०, ०२:४६ खबर संवाददाता

कैलाली प्रहरीले भारतबाट अवैध रुपमा वोईलर कुखुरा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर  ७ बाट अवैध कुखुरा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले भारतबाट अवैध कुखुरा ओसारपसार गर्ने धनगढी ९बस्ने राजेन्द्र साहु र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ३ स्थायी बसोबास भई धनगढी बस्दै आएका ईश्वर भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए।

उनीले से १ प ५३१४ र से २ प १६३६ नम्बरको मोटरटईकलमा भारतवाट एक सय ६५ किलो बराबरको अवैध कुखुरा सहित नियन्त्रणमा लिईएको बस्नेतले बताए। बरामद कुखुरा पशु क्वारेन्टाईन, कुखुरा व्यवसायी संघ र स्थानियको रहोबरमा नष्ट गरिएको र ओसारपसारमा संलग्न दुवै जना विरुद्ध सार्वजनिक हित समेतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस