सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेयर बजारमा उच्च अंकको सुधार, ५३ अंकले बढ्यो नेप्से परिसूचक

२०८२ भदौ ११, ०४:०९

धनगढीः बुधबार सेयर बजार उच्च अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो। सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ।

कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो। बजार बढ्दा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो।

२३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो। सबै समूहका सूचक बढेका छन्। विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो।

बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे।
 

कमेन्ट लोड गर्नुस