सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

२०७६ साउन १०, १२:०८ खबर संवाददाता

धनगढी उप–महानगरपालीका वडा नम्बर ४ बाट लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा उक्त स्थानबाट २२ बर्षीय रवि कुवरलाई पक्राउ गरिएको हो। उनीसंग ७ सय ४० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। कैलाली जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भईरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस