सुदूर नेपाललाई विश्वसँग जोड्दै

सैपाल ग्याँसद्वारा तीज विशेष निःशुल्क मेहेन्दी लगाउने कार्यक्रम आयोजना 

२०८२ भदौ १०, ०७:२२

धनगढीः कैलालीको गोदावरी नगरपालिका‑१ बिजौरा स्थित सैपाल ग्याँस प्रा.लि.ले तीज विशेष निःशुल्क मेहन्दी लगाउने कार्यक्रम आयोजना गरेको छ। 

हिजो सोमबार र आज मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न बजार क्षेत्रका महिलाहरुका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै महिलाहरूको महान पर्व हरितालिका तीज विशेष दिदीबहिनी तथा आमाहरूलाई मेहन्दी लगाई शुभकामना आदानप्रदान गरिएको सैपाल ग्याँस प्रा.ली.का बजार व्यवस्थापक मनोज दाहालले जानकारी दिएका छन्। 

कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै पृथक गतिविधि गर्न उक्त कार्यक्रमबाट प्रेरणा मिलेको उनको भनाई छ। “यो कार्यक्रममा हजारौँ महिला दिदी बहिनी तथा आमाहरूको उपस्थिति, उहाँहरूको अनुहारमा देखिएको खुसी, उत्साहजनक प्रतिक्रिया र माया देख्दा मलाई अझै यस्तै खालको कार्यक्रम लगेर समाजमा जानुपर्ने रहेछ भन्ने लागेको छ” उनले भने,“समाजले पनि उक्त कार्यलाई सकारात्मक ढङ्गले स्वीकार्दो रहेछ भन्ने कुरा महसुस गराएको छ।” 

तीजको अवसरमा मेहन्दी लगाउन पाउँदा महिलाहरु पनि हर्षित भएका छन। धनगढीको फूलबारीकी मनु सिटौलाले यो खालको कार्यक्रम आफुहरुका लागि नौलो भएको बताइन। “हामी महिलाहरूलाई केन्द्रित गरी तीजकै बेला यो खालको कार्यक्रम आयोजना भयो हामी धेरै खुसी छौँ” उनले भनिन, “वर्षौ देखि ग्याँस बालिरहेका छौ आज सैपाल कम्पनी कार्यक्रम लिएर हामी माझ पुग्यो एकदमै रमाइलो भइरहेको छ।” 
     
सैपाल ग्यास प्रा.ली.ले आफ्ना आधिकारिक विक्रेता र विभिन्न निकायहरुसंगको समन्वयमा धनगढीको विशालनगर, फुलबारी स्थित पच्चीस घर बजार, कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित टाउन बजार, दोधारा चाँदनी नगरपालिकाको कालिका बजार र चादनी बजारमा उक्त कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा दुई हजार भन्दा बढी महिलाहरुले सहभागिता जनाएको सैपाल ग्याँस प्रा.लीका बजार व्यवस्थापक दाहालले वताए।    

हरितालिका तिजको अवसरका गत वर्षदेखि विभिन्न स्थानमा निःशुल्क मेहन्दी लगाउने कार्यक्रम आयोजना गर्दा ३५ जना मेहन्दी लगाउने सिप भएका महिला दिदीबहिनीहरूले पारिश्रमिक सहितको अवसर पाएका उनले बताए।  

यसका साथै सैपाल ग्याँसको कारणले कुनै दुर्घटना भएमा १ करोडसम्मको बीमा  सुविधा, सैपाल ग्याँसको उपभोक्तालाई सुदूरपश्चिमको ५ वटा अस्पताल मा ५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बारे उनिहरुलाई जानकारी गराएको पनि बजार व्यवस्थापक दहालले जानकारी दिएका छन्।  

कमेन्ट लोड गर्नुस