सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ स्थापना गर्न ४१ रोपनी जग्गा दिने

२०७६ साउन ९, ०७:२३

सरकारले  डा भगवान कोइरालाको नेतृत्वमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)स्थापना गर्नका लागि ४१ रोपनी जग्गा उपब्लध गराउने भएको छ। बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन्। 

साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी १० आना ३ पैसा  लिजमा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं जिल्ला साविक खड्का भद्रकाली गाविस– ७ को कित्ता नं. ७३, हाल बुढानिलकण्ठ नगरपालिका– ७ मा रहेको कित्ता नं. २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा लिजमा उपलब्ध गराउने निर्णय भएको बताए।

सातवटै प्रदेशमा अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लागनी लाग्ने अनुमान गरिएको छ। सबै अस्पताल आगामी सन् २०२२ भित्र निर्माण भइसक्ने लक्ष्य लिइएको छ। किओचले सुरुमा राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने छ। त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए। राजधानीमा अस्पताल स्थापना गर्न कम्तीमा ४० रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि सरकारबाट लिजमा लिने योजना रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस