सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक वर्षको अवधीमा झण्डै चार हजारले नागरिकता पाए

२०७६ साउन ९, ०४:२३ नरेन्द्र कार्की

दार्चुलामा एक वर्षको अवधीमा झण्डै चार हजारले नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाका तीन हजार नौँ सय जनाले नागरिकता पाएका हुन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले विभिन्न स्थानमा सञ्चालन गरिएका शिविर र जिल्ला प्रशासन कार्यालय मार्फत समेत गरी तीन हजार नौँ सय जनालाई नागरिकता वितरण गरिएको जानकारी दिए।

विभिन्न समयमा अपीहिमाल, मार्मा, नौगाड र व्याँस गाउँपालिकामा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरमार्फत एक हजार एक सय ३३ नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए। बाँकी जिल्ला प्रशासन कार्यालय मार्फत नै वितरण भएको उनले जनाए।

वंशजका आधारमा दुई हजार नौँ सय १४ नागरिकता वितरण गरिएकोमा  एक हजार दुई सय ८६ जना महिला र एक हजार छ सय २८ जना पुरुषले नागरिकता लिएको जिल्ला प्रशसान कार्यालयले जनाएको छ। यस्तै १८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन्।

यस्तै गत वर्ष नै जिल्ला प्रशासन कार्यालयबाट एक हजार पाँच सय ३१ वटा नागरिकताका प्रतिलिपि लिएका छन्। ४३ बालकलाई नाबालक परिचय पत्र वितरण गरिएको छ भने दुई सय ७१ जनाले राहदानी लिएका छन्।  बितेको एक वर्षको अवधिमा व्याँस गाउँपालिकाको छांगरु र तिंकर प्रवेशको लागि छ सय ९५ जनाले बहुयात्रा अनुमती पत्र जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसैगरी यस्तै चीनको   तिब्बत प्रवेशका लागि एक सय ३३ जनाले अनुमती लिएका छन्।   

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस