सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन महिनामा ३६ जवरजस्ती करणीका मुद्धा, ३१ पक्राउ

२०७६ साउन ९, ०४:०८ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय कैलालीमा जवरवस्ती करणीका मुद्धा बढ्दै गएका छन्। पछिल्लो तीन महिना यता मात्रै ३६ वटा मुद्धा दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ३६ वटा मुद्धा दर्ता भएपछि अहिले सम्म ३१ जनालाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। बाँकी पाँच जना भने फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीमा सुरुमा मुद्धा दर्ता गर्ने र पछि मिलापत्र गर्न खोज्ने प्रवृती पनि देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले जवरजस्ती करणीका मुद्धा बढेपनि यस्लाई अपराध बढेको भन्न नमिल्ने बताए। ‘समाजमा चेतनाको स्तर बढ्दै गएकाले महिलाहरु खुलेरै जवरजस्ती करणीमा मुद्धा हाल्न थालेका हुन्,’ उनले भने, ‘पहिले पनि अपराध भएपनि प्रहरी सम्म पुग्ने परिपाटी निकै कम थियो।’ सुरुमा समझदारीमै शारिरीक सम्वन्ध राखेपनि पछि कुनै विषयमा विमती बढ्दै गए, जवरजस्ती करणीमा मुद्धा हाल्ने प्रवृती पनि रहेको प्रहरी उपरिक्षक गिरीले बताए।
 

कमेन्ट लोड गर्नुस