सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ईन्धनको मुल्यबृद्धी भएको भन्दै नगर बसको भाडा बढाइयो

२०७६ साउन ९, ०१:३४ खबर संवाददाता

डोटीको दीपायल सिलगढी नगरपालिकाले ईन्धनको मुल्यबृद्धी भएको भन्दै नगरबसको भाडा बढाएको छ। गत असार १६ गते बसेको बैठकले गरेको निर्णय अनुसार साउन १ गते देखि लागु हुने गरि भाडा बढाईएको हो। २०७४ सालको फागुन बाट नगरबस सेवा सुरु गरिएको भएपनि ईन्धनबृद्धिको वाहाना बनाएर भाडा बढाएको आरोप लागेको छ। नगरपालिकाले गत साउन १ गते सार्वजनिक सूचना जारी गरी पाँच देखि १० रुपैँया सम्म भाडादर बढाएको छ।

तर गत असार २ गते पछि ईन्धनको मुल्यमा फेरवदल नभएको नेपाल आयल निगमको क्षेत्रिय कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले बताए। उनले हाल पेट्रोलको १ सय ६, डिजेल र मट्टीतेलको ९५ रुपँैया निर्धारण गरिएको बताए। तर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजराज शर्माले भने हालको भाडादरले गाडीको खर्च जुटाउन समस्या हुन थालेपछि भाडा बढाएको बताए। 

कमेन्ट लोड गर्नुस