सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्री प्रदीप पौडेल धनगढीमा, गेटा अस्पतालको कार्यक्रम रोकियो

२०८२ भदौ ४, ०७:०२ खबर संवाददाता

धनगढीः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल धनगढी पुगेका छन। मन्त्री पौडेल बुधवार दिउँसो धनगढी पुगेका हुन्।

गेटा अस्पतालमा झण्डै २ महिना अगाडीबाट सञ्चालनमा आएको आकस्मिक कक्षको उद्घाटनका लागि मन्त्री पौडेल धनगढी आएका थिए। तर, सङ्घर्ष समितिको विरोधका कारण उद्घाटनको कार्यक्रम रोकिएको छ। मन्त्री पौडेलले धनगढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गरेका छन्। उनले असारमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा एमबीबीएसको अध्ययन सुरु हुने बताएका छन्। तीन सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्ययनको काम आउदो असारबाट सुरु हुने दाबी उनको छ। सेती प्रादेशिक अस्पताललाई गेटामा गाभ्न नपाएकोमा मन्त्री पौडेलले दुःख व्यक्त गरेका छन्।

सेती अस्पताल सङ्घीय सरकारको मातहतमा हुनुपर्ने र अछामको बयलपाटा अस्पताल लगायतका अन्य अस्पतालहरू सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने मन्त्री पौडेलको जोड रहेको छ। गत वर्ष पुस २३ गते गेटा अस्पतालको अवलोकन गरेका मन्त्री पौडेल दोस्रो पटक गेटा अस्पतालमा अवलोकन तथा आकस्मिक कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर, सङ्घर्ष समितिले तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने बाँचा गरेका मन्त्री पौडेलले एक कक्षको मात्र उद्घाटन गर्न लागेका भन्दै विरोध गरेको हो। सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ओगोले मन्त्रीलाई उद्घाटनमा मात्र रोक लगाएको तर, अनुगमन गर्न कुनै रोक नहुने बताएका छन्।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा हाल ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ। १० शय्याको आकस्मिक कक्ष २ महिना अगाडीबाट सञ्चालन गरिएको छ।

 

कमेन्ट लोड गर्नुस