सुदूर नेपाललाई विश्वसँग जोड्दै

एशियन पावरलिफ्टिङ च्याम्पियनसिपमा धनगढीका ज्ञानेन्द्रलाई "गोल्ड मेडल"

२०८२ भदौ ४, ०२:४२

धनगढी : धनगढी मेन रोड स्थित ब्ल्याक स्टोन फिटनेसका सञ्चालक तथा ट्रेनर समेत रहेका खेलाडी ज्ञानेन्द्र राज पाण्डेले एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा प्रथम स्थान, गोल्ड मेडल हासिल गरेका छन्।

पुरुष ८५ के.जी. एम ४५–४९ क्याटाेगाेरीमा प्रतिस्पर्धा गर्दै पाण्डेले १९२ के.जी. स्क्वाट, ११८ के.जी. बेन्च प्रेस र २२० के.जी. डेडलिफ्ट गर्दै जम्मा ५३० के.जी. भार उठाउने उपलब्धि हासिल गरेका हुन्।

विजेता पाण्डेले टिम नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरव महसुस भएको बताउँदै भने, 'हामी सबै नेपाली खेलाडीहरूको प्रदर्शन राम्रो थियो । म जित्छु भन्ने मलाइ पूरा विश्वास थियो ।'

साउन ३० देखि भदौ १ गते सम्म काठमाडौँ स्थित नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनमा सम्पन्न च्याम्पियनसिपमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया गरी झन्डै १४० जना खेलाडीहरू सहभागी च्याम्पियनसिपमा उनले पहिलो स्थान सुरक्षित गरेका हुन्।

उपलब्धि पछि वर्ल्ड पावर लिफ्टिङका अध्यक्ष रोबर्ट विल्क्स, प्रमुख अतिथि सांसद गगन थापा र एनवाईएफसी नेपालका अध्यक्ष सुखदेव कार्कीले पाण्डेलाई प्रमाणपत्र र पदक प्रदान गरेका थिए।

कमेन्ट लोड गर्नुस