सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयलाई विल भरपाई पेश गर्न लेखा समितिको निर्देशन

२०७६ साउन ८, ०७:२३ कमल सावद

सुदूरपश्चिमको सार्वजनिक लेखा समितिले सामाजिक विकास मन्त्रालयलाई आर्थिक वर्ष २०७४/७५ को अल्पकालीन बजेटमा समावेश भएका कार्यक्रमका विल भरपाई पेश गर्न निर्देशन दिएको छ। आज बसेको लेखा समितिको बैठकमा सभापति कुमारी नन्दा बमले अल्पकालीन बजेटमा समावेश भएका शिक्षा र स्वास्थ्य तर्फका केही कार्यक्रममा आर्थिक अनियमितता भएको आशंकामा विल भरपाई पेश गर्न निर्देशन दिएकी हुन्। सभापति बमले समितिको बैठकमा  अल्पकालीन बजेटमा विल भरपाई विना भुक्तानी दिईएको सुन्नमा आएको भन्दै यस्तो निर्देशन दिएकी हुन्। यसअघि महालेखा परिक्षकको प्रतिवेदनले समेत मन्त्रालयको स्वास्थ्य र शिक्षा तर्फको ४७ लाख ७० हजार बजवेट वेरुज देखाएको छ। आजको बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहित सचिव गोगन हमाल पनि सहभागि थिए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस