कजारिया ग्यालेक्सीको वार्षिकोत्सव, एक हप्तासम्म ४५ प्रतिशत छुट
धनगढीः धनगढी मुख्य सडकमा अवस्थित कजारिया ग्यालेक्सीले आफ्नो पहिलो वार्षिकोत्सव विशेष आकर्षक योजनासहित मनाउने भएको छ।
राठी इन्टरप्राइजेजले गत वर्षदेखि सञ्चालनमा ल्याएको ग्यालेक्सीले उपभोक्तालाई आगामी भदौ १ गतेदेखि ७ गतेसम्म कजारिया ब्रान्डका टायलमा एमआरपीमा ४५ प्रतिशतसम्म छुट उपलब्ध गराउने घोषणा गरेको हो। नेपालमै उत्पादन हुने कजारिया ब्रान्डका टायलले छोटो अवधिमै बजारमा उल्लेखनीय सफलता पाएको छ। कम्पनीका अनुसार, नवलपरासीको बर्दघाटमा उत्पादित टायलले हालै मात्र एक महिनामै चार लाख वर्ग मिटर बिक्रीको रेकर्ड कायम गरेको छ।
यस टायलले आइएसओ र एनएस दुवै गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ। १५ वर्षको अनुभव, एक वर्षको सफलता धनगढीमा १५ वर्षदेखि टायल व्यवसाय गर्दै आएको राठी इन्टरप्राइजेजले एक वर्षअघि करिब २,८०० वर्गफिटमा फैलिएको ‘कजारिया ग्यालेक्सी’ सञ्चालनमा ल्याएको हो। सुदूरपश्चिमकै एक मात्र आधिकारिक डिस्ट्रिब्युटरका रूपमा राठी इन्टरप्राइजेजले कजारियालाई बजारमा सशक्त ढंगले प्रस्तुत गर्दै आएको छ।
सञ्चालक सुरेन्द्र राठीका अनुसार ग्यालेक्सीमा नेपालमै उत्पादित ८र२४, १२र१८, १२र२४, १२र१२, १६र१६, २४र२४ इन्च र २र४ फिट साइजका टायल उपलब्ध छन्। यस्तै भारतबाट आयात हुने ३२र६४ इन्चका टायल र ग्रेनाइटको विकल्पका रूपमा ८र३२ इन्च, ६र४ फिटका विशेष टायल पनि बिक्रीमा छन्। ग्यालेक्सीमा टायल मात्र होइन, कजारियाकै क्यारोबिट ब्रान्डका स्यानिटरी वेयर र सीपी फिटिङ्स ९धाराहरू० समेत उपलब्ध छन्।
ग्राहकलाई सम्मान र उपहार
वार्षिकोत्सवकै अवसरमा ग्यालेक्सीले ग्राहकलाई छुटसहित विशेष उपहारसमेत दिने घोषणा गरेको छ।
स्थापना दिवसमा आयोजित कार्यक्रममा कम्पनीले आफ्ना स्थायी ग्राहकलाई सम्मानसहित उपहार प्रदान गरेको थियो। ५२ वर्षको व्यवसायिक परम्परा राठी इन्टरप्राइजेज सुदूरपश्चिमकै पुरानो र विश्वसनीय व्यापारिक घराना हो। करिब ५२ वर्षअघि गौरीशंकर राठीले स्थापना गरेको यो व्यापारिक फर्मले गत ४६ वर्षदेखि धनगढीमा निरन्तर व्यवसाय गर्दै आएको छ।
“कजारिया ब्रान्ड उच्च गुणस्तर र विश्वसनीयताको प्रतीक हो। हाम्रो उद्देश्य ग्राहकलाई गुणस्तरीय उत्पादन मात्र होइन, उचित मूल्य र सम्मान पनि प्रदान गर्नु हो,” सञ्चालक सुरेन्द्र राठीले भने।