सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नुहाउने क्रममा डुवेर एक जनको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन ८, ०६:२२ खबर संवाददाता

कैलालीमा नुहाउने क्रममा डुवेर एक जनको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलारगाउँको रजबढुवा नहरमा नुहाउने क्रममा १७ वर्षीय किसोर नवराज न्यौपानेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरीले सुक्तिकाँडा नदिको नहरमा नुहाउने क्रममा न्यौपानेको मृत्यु भएको बताए। साथीहरुसगँ नुहाउने क्रममा नहरमा डुबेर न्यौपानेको मुत्यु भएको उनले बताए। दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका ८ बस्ने नारायण न्यौपानेका छोरा नवराज फुपुलाई भेट्न भनी केही दिन अगाडी मात्र बेलारगाउँ आएका थिए। 
 

कमेन्ट लोड गर्नुस