सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लक्ष्मीनारायण मन्दिरमा जन्माष्टमीमा डेढ सय किलो महाप्रसाद वितरण

२०८२ भदौ १, ०३:५७ खबर संवाददाता

धनगढीः धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाइएको छ।

शनिवार राति आयोजित विशेष पूजापाठ र भक्तिमय कार्यक्रममा करिब डेढ सय किलोग्राम महाप्रसाद भक्तजनबीच वितरण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जन्माष्टमीको अवसरमा बिहानदेखि नै भक्तजनहरूको ठूलो भीड देखिएको थियो। श्रीकृष्णको आराधना, भजनकीर्तन र आरतीसँगै श्रद्धालुहरूलाई महाप्रसाद ग्रहण गराइएको मन्दिरका व्यवस्थापक हरिप्रसन्न न्यौपानेले बताए। कार्यक्रमले धनगढीवासीमा धार्मिक उत्साह र सामाजिक एकताको सन्देश दिएको छ।

कमेन्ट लोड गर्नुस