सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि

२०८२ साउन ३१, ०४:०८ रासस

रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ।

मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ। यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ।” यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो। अहिलेसम्म घटना स्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरि खोजी र उद्धार कार्य जारी छ।

आगलागी स्थानीय समय अनुसार बिहान १०ः३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा शुरू भएको थियो। स्थानीय अनुसन्धान निकायहरूले यस घटनालाई औद्योगिक सुरक्षा नियमहरूको उल्लङ्घनको मामलामा हेरेर गम्भीर अनुसन्धान अगाडि बढाएका छन्।

कमेन्ट लोड गर्नुस