कैलाली मोडेल स्कूलद्धारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा एरिष्टो स्कूल प्रथम
धनगढीः धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा एरिष्टो ईङ्गलिस बोर्डिङ स्कूल प्रथम भएको छ।
शुक्रबार कैलाली मोडेल सोसियल क्लबको मुख्य आयोजना र कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीको सहआयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त स्कूलकी पुर्व शिक्षका स्व.वसन्ती भट्टराईको सम्झनामा वसन्ती स्मृति अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा धनगढी सिटी स्कूलले दोस्रो र आयोजक कैलाली मोेडेल स्कूलले तेस्रो स्थान हासिल गरेका छन्। कैलाली मोडेलका तर्फबाट कक्षा १० मा अध्ययनरत छात्रा दिपिका चन्द, ९ मा अध्ययनरत प्रियंका कुँवर र सार्थक मल्लले सहभागिता जानाएका थिए। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पाँच हजार, द्धितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको छ।
कैलाली मोडेल स्कूल अन्तर्गतको “सोसल क्लब” र कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीको सहआयोजनामा आयोजित कार्यक्रम निर्माण व्यवसायी संघको हलमा सम्पन्न भएको प्रधानाध्यापक तपेन्द्र सिंहले जानकारी दिए। प्रतियोगितामा धनगढीका सातवटा विद्यालय एरिस्टो इङ्लिस बोर्डिङ स्कुल, सिटी स्कुल, त्रिभुवन माध्यमिक विद्यालय, वैशेषिका पाठशाला, नेपाल पुलिस स्कुल, गार्डनर इङ्लिस बोर्डिङ स्कुल, र कैलाली मोडेल माध्यमिक विद्यालयका टीमहरू सहभागी रहेका उनले बताए।