सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगातार ३ दिन घटेको शेयर बजार आज सामान्य बढ्यो

२०८२ साउन २९, ०४:२०

धनगढीः लगातार ३ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले बढेर २ हजार ७ सय ८८ दशमलव ३६ विन्दुमा पुगेको छ।

आज विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। अन्य समूहको शेयर १ दशमलव ८० प्रतिशतले उकालो लागेको छ।

आज नेपाल रिपब्लिक मिडिया कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। बजार सामान्य बढेको दिन एनआईसी एशिया फ्लेक्जी क्याप फन्डको शेयर ८ दशमलव ३१ प्रतिशतले घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ९२ लाख कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

कमेन्ट लोड गर्नुस