सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिपी स्मृती दिवसको अवसरमा धनगढीमा स्टेशनरी वितरण

२०७६ साउन ८, १०:०८ खबर संवाददाता

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रशाद कोईरालाको ३७ औं स्मृती दिवशको अवसरमा धनगढी स्थीत आमाको माया छात्रबासका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलाली र नेपाली कांग्रेस धनगढी नगर समितिको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो।

आमाको माया छात्रबासमा ३५ जना असहाय बालकहरु रहेका छन्। स्टेशनरी समाग्री वितरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तले बिपी झुपडीबाट समृद्धीको थालनी हुनुपर्छ भन्ने महान बिचारक भएको बताए। नेपाली कांग्रेस धनगढी नगरसमितिका सभापती तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिपीले प्रतिपादन गरेको दर्शन बिश्वमै उत्कृष्ठ दर्शन भएको बताए।
 
 

कमेन्ट लोड गर्नुस