इजरेयलले गाजामा गरेको पछिल्लो आक्रमणमा १२३ जनाको मृत्यु, ४३७ जना घाइते
काठमाडौंः इजरेयलले गाजा कब्जा गर्ने नीति अन्तर्गत आक्रमण तीव्र बनाउने क्रममा गाजा सिटीमा गरेको पछिल्लो एक दिनको आक्रमणमा १२३ जनाको मृत्यु भएको छ भने ४३७ जना घाइते भएका छन्।
इजरायली ट्यांक र युद्ध विमान परिचालन गरी गाजाका जैतुन र शेजाइया क्षेत्रलाई लक्षित गर्दै आवासीय घरहरू ध्वस्त पारिएका छन्। त्यसैगरी इजरेयलले खाद्यान्न रोक्दा गाजामा ३ बालबालिकासहित ८ जनाको भोकमरी र कुपोषणका कारण मृत्यु भएको छ।
प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजाका नागरिकहरूलाई स्वेच्छाले बाहिर जान आग्रह गरेका छन्। नेतान्याहुको यस्तो भनाइको अन्तर्राष्ट्रिय समुदायले आलोचना भैरहेको छ। २४ देशका विदेशमन्त्रीहरूले इजरायललाई गाजामा निर्बाध रुपमा राहत आपूर्ति गर्न आग्रह गरेका छन्।
यसैबीच हमासका नेताहरूले इजिप्टमा मध्यस्थकर्तासँग वार्ता गर्दै युद्ध अन्त्य, राहत आपूर्ति, र नागरिक पीडाबारे छलफल गरेका छन्। स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछोड्ने अडान हमासले लिएको छ।