सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई सातापछि बर्षा, राहत महशुस

२०७६ साउन ८, ०६:४१ खबर संवाददाता

गर्मी बढ्दै गएका बेला धनगढी सहित वरपरका स्थानमा दुई सातापछि पानी परेपछि राहत महशुस गरिएको छ। म्ंगलवार रातीदेखि बर्षा भएपछि गर्मीले आजित  जिल्लावासीलाई राहत महसुस भएको हो। मनसुनी बर्षा नहुँदा साउन पहिलो साता सम्म पनि धनगढीको तापक्रम झण्डै ४० डिग्री सेल्सियस रहेको थियो। 

यता बर्षा भएपछि धान रोपाई गरिसकेका र गर्न बाँकी किसान पनि हर्षित भएका छन्। जिल्लामा झण्डै आधा खेतीयोग्गा जमिनमा सिँचाई सुविधा नभएका बेला दुई साता सम्म पानी नपर्दा धान खेतमा चिरा पर्न थालेको थियो भने धान खेती सुक्न थालेको थियो। तर मंगलवार रातीदेखि पानी परेपछि धानखेती सुध्रिने आशा किसानहरुमा पलाएको छ।

यस्तै जिल्लामा अझै ३० प्रतिशत रोपाई गर्न बाँकी रहेकाले रातीदेखिको बर्षापछि बाँझै रहेको जमिनमा रोपाई गर्ने बाटो पनि खुलेको छ। प्रदेशको भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि महाशाखाका अनुसार सुदूरपश्चिममा साउन दोश्रो साता सम्म पनि रोपाई गर्न सकिने भएकाले अझै एक साता सम्म किसानहरुले रोपाई गर्न सक्नेछन्। 

सरकारी तथ्याङ्क अनुसार कैलालीमा ७१ हजार पाँच सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। धान खेतीयोग्य झण्डै ५० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ भने अन्य जमिनमा आकासे पानीको भरमा रोपाई हुने गरेको छ।
 

कमेन्ट लोड गर्नुस