सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनप्रतिनिधिको ‘हुकुमी शासन’ ले टिक्दैनन कैलालीमा प्रमुख प्रशासकिय अधिकृत

२०७६ साउन ७, ०७:११ कमल सावद

धनगढी उप–महानगरपालिकामा २०७४ असारमा नृपबहादुर वड मेयर र सुशिला मिश्र भट्ट उप–मेयर निर्वाचीत भए।  निर्वाचनका बेला धनगढी उप–महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा थिए। शर्माको जनप्रतिनिधि आएको तीन महिनामा नै सरुवा भयो। उनको २०७४ असोज १७ गते सरुवा भएको थियो। शर्माको सरुवा भएपछि असोज २० गते कृष्णप्रसाद गौतम प्रमुख प्रशासकिय अधिकृतको रुपमा धनगढी हाजिर भए। उनी ६ महिना पनि टिक्न सकेनन्। २०७४ कै चैत्र चार गते गौतमको पनि सरुवा भयो। २०७४ को चैत्र ५ गते नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा भरतमणी पाण्डे हाजिर भए। पाण्डे तीन महिना पनि धनगढी टिक्न सकेनन्। २०७५ जेठ २३ गते उनको पनि सरुवा भयो। बैशाख २३ गते नै प्रमुख प्रशासकीय अकिृतको रुपमा सुर्खेतका सन्तबहादुर सुनार धनगढी उप–महानगरपालिकामा हाजिर भए। उनको तीन महिना नहँुदै भदौ २४ गते सरुवा भयो। सन्तबहादुर अहिले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मान्त्रालयमा सचिव छन्। सुनारको सरुवा भएपछि भदौ २५ गते चक्रपाणी पाण्डेय धनगढीमा प्रमुख प्रशासकिय अधिृकत भएर आए तर उनको पनि फागुन २२ गते सरुवा भयो। अहिले उप–महानगरपालिकामा चैत्र १३ गते आएका नारायण प्रसाद सापकोटा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन्। जनप्रतिनिधि आएको दुई बर्षमा मात्रै धनगढीमा मात्रै ६ जना प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन्। औसतमा धनगढीमा एक जना प्रमुख प्रशासकिय अधिकृत चार महिना मात्रै टिकेका छन्। 

घोडाघोडी नगरपालिकामा १८ महिनाको अवधिमा ८ जना प्रमुख प्रशासकिय अधिकृतहरु फेरिएका छन्। जनप्रतिनिधि निर्वाचीत भएर आएको समयमा घोडाघोडीमा राजुप्रसाद न्यौपाने प्रमुख प्रशासकिय अधिकृत थिए। चार महिना नहुँदै २०७४ कार्तिकमा न्यौपानेको सरुवा भयो। उनको ठाँउमा कृतराज पौडेल आए। पौडेलको पनि २०७५ को जेठमा सरुवा भयो। उनको सरुवापछि विद्यालय निरिक्षक उमेशराज पौडेलले निमित्त प्रमुखको जिम्मेवारी सम्हाले। २०७५ को असार १९ गते दिपक आचार्य प्रमुख प्रशासकिय अधिकृतको रुपमा आए। यसरी घोडाघोडी नगरपालिकामा पछिल्लो १८ महिनाको अवधीमा ८ जना प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन्। पछिल्लो पटक २०७५ कार्तिक २८ गतेबाट प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका बसन्तबहादुर बोहराको चैत २९ गते सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहीनि भएको छ। अहिले शाखा अधिकृत खगेन्द्रबहादुर सिँहले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हादै आएका छन्। गौरीगंगा नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत दुई वर्षमा फेरिएका छन्।  उता भजनी नगरपालिकामा पनि पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।  निजामती कर्मचारी ऐन २०४९ कोे दफा १८ को उप दफा ३ (क) र (ख) मा पहाडी तथा हिमाली जिल्लामा डेढ वर्ष र तराइमा कम्तीमा दुई वर्ष पुरा भएपछि मात्र कर्मचारी सरुवा हुुने व्यवस्था छ। तर कैलालीका स्थानीय तहमा भने जनप्रतिनिधीको दवाव, पार्टीगत आस्था र आवद्धता तथा स्थानीय कर्मचारीका कारण कर्मचारी नटिक्ने समस्या रहेको छ।  

जनप्रतिनिधिहरु कानुन बिपरित काम गर्न दवाव दिने भएकाले प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा टिक्नै समस्या भएको आरोप लाग्दै आएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारले जनप्रतिनिधिको हुकुमी शैलीका कारण प्रमुख प्रशासकिय अधिकृतलाई स्थानीय तहमा टिक्न गाह्रो भएको बताए। ‘कर्मचारी नीति र पद्धतीले काम गर्न खोज्छन्’ उनले भने, ‘जनप्रतिनिधि तत्कालै कानुन मिचेर पनि काम गर्न खोज्छन्, त्यसपछि समस्या सुरु हुन्छ।’ 
राजनीति आस्था नमिल्नु र कानून मिचेर काम गर्न दवाव दिदै आएका कारण प्रमुख प्रशासकिय अधिकृत सरुवा हुने गरेको आरोप लागेका बेला धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले भने अस्वीकार गरेका छन्। ‘संघिय सरकारकारले प्रमुख प्रशासकिय अधिकृतहरुको सरुवा गर्ने गरेको छ,’ मेयर वडले भने, ‘रोक्दीन भन्दा पनि रोकिएको छैन्, कसैलाई पठाउन आग्रह पनि मैले गरेको छैन्।’ 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस