खोलामा बगेर बालकको मृत्यु
२०८२ साउन २८, १२:००
झापाः खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ।
आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन्। प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन्।
कमेन्ट लोड गर्नुस