शेयर बजार २ हजार ८ सय विन्दुमुनि झर्याे
धनगढीः शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ। हिजो २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव २२ अङ्कले ओरालो लागेर २ हजार ७ सय ९६ दशमलव २४ विन्दुमा झरेको छ।
आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्सकाे शेयर १ दशमलव ५३ प्रतिशत र माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४९ प्रतिशतले ओरालो लागेको छ।
आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन सिटी होटलको शेयर भने १० प्रतिशतले बढेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो १० अर्ब २१ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ६ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ।