राजश्व अपचलनको आशंकामा धनगढीबाट भारतीय कन्टेनर नियन्त्रणमा
कैलालीः कैलालीको धनगढीबाट प्रहरीले राजश्व अपचलनमा संलग्न भएको आशंकामा भारतीय नम्बर प्लेटको मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ।
सोमबार धनगढी उप–महानगरपालिका–२ मिलनचोक क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा कन्टेनर नियन्त्रणमा लिएको हो।
यु.पी ३२ एच.एन.ओ ७२९ नम्बरको उक्त भारतीय गाडी आइतबार भारतबाट नेपाल प्रवेश गर्दा भन्सार राजश्व तिरेको प्रज्ञापन पत्र सहित नियन्त्रण गरिएको सशस्त्र प्रहरी वैद्यनाथ वाहिनी कैलालीका सुचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले बताएका छन्।
थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कन्टेनर र गाडीलाई पहरीले राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको उनले जानकारी दिए।