सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

२०७६ साउन ७, ०५:३३

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने बताएका हुन्। 

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए। मंगलबार राजधानीमा आयोजित प्रतिष्ठानको तेस्रोसभामा बोल्दै प्रधानमन्त्री ओलीले कुलपतिसमेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नभएको समेत स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए। सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न पनि सचेत गराए।
 

कमेन्ट लोड गर्नुस