सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्यालको टोकाइबाट तीन जना घाइते

२०८२ साउन २६, ०५:३७ खबर संवाददाता

दार्चुलाः दार्चुलामा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको व्याँस गाउँपालिका वडा नं ६ बसेडीका ७० बर्षीय गणेशदत्त भट्ट, ५१ बर्षीय धौली भट्टी र खातीगाउँकी ७५ बर्षीया च्याउलीदेवी भण्डारी रहेका स्थानीय रमेश भट्टले बताए। आइतवार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला उनीहरुलाइ स्यालले टोकेको हो। घाइते तिनै जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको स्थानीय रमेश भट्टले बताए। 

 

कमेन्ट लोड गर्नुस