चार लाख छुटसहित जेइकोको नयाँ प्रिमियम एसयूभी ‘जे५’ बजारमा
धनगढीः जेइको ईभीको सुदूरपश्चिमका लागि आधिकारिक वितरक नवदुर्गा टेक्नोलोजी प्रालिले धनगढीमा नयाँ प्रिमियम एसयूभी ‘जेइको जे५’ बिक्री वितरण गर्ने भएको छ।
कम्पनीले यसअघि नै बजारमा ल्याइसकेको ओमोडा र जेइको लाइनअपसँगै जे५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको विकल्प थपेको छ, जसको सुदूरपश्चिममा अधिकृत विक्रेता धनगढी(४ बोराडाँडीमा रहेको नवदुर्गा टेक्नोलोजी प्रालि रहेको छ।
शहरी सडकदेखि अफ–रोड यात्रासम्म सहज बनाउन डिजाइन गरिएको जेइको जे५, रेन्ज रोभरबाट प्रेरित भएर डिजाइन गरिएको कम्पनीका वरिष्ठ प्रवन्धक भरत नेपालीले बताए।
जेइको जे५ मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज र ४८० लिटर बुट स्पेसजस्ता ‘बेस्ट–इन–क्लास’ विशेषता छन्। कम्पनीका अनुसार, यसले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गर्दछ।
कम्पनीका वरिष्ठ प्रवन्धक नेपालीका अनुसार, जेइको जे५ को आधिकारिक मूल्य ६० लाख ९९ हजार तोकिए पनि हाल केही समयका लागि ग्राहकले ५६ लाख ९९ हजारमै बुकिङ गर्न पाउनेछन्।
धनगढीमा रहेको नवदुर्गा टेक्नोलोजी विगत २५ वर्षदेखि आइटी क्षेत्रमा व्यवसाय गर्दै हाल एक दसकदेखि अटोमोबाइल क्षेत्रमा समेत काम गरिरहेको सुदूरपश्चिमकै एक विश्वसनीय व्यावसायिक प्रतिष्ठान हो। यो कम्पनी ओमोडा, जेइको, निशान, एसआरएम र जोयलङ जस्ता लोकप्रिय कम्पनीहरूको आधिकारिक विक्रेता रहेको छ।