सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनप्रतिनिधीको दुई वर्ष पूरा : धनगढीमा छाडा पशु चौपायाको व्यवस्थापन भएन

२०७६ साउन ७, ०२:२९ रोशन भट्ट

धनगढी उप–महानगरपालिका वडा नम्बर २ पुरानो भन्सार रोडका स्थानीयले लगाएको मकै तथा धान बालीसंगै तरकारी खेती समेत पशु चौपायाहरुले सखाप पार्न थालेपछि स्थानीय चिन्तित भएका छन्। तारवार नगरेको घर नजिकैको वारीमा समेत चौपायाहरु पस्ने गरेका छन्।

घर छेउको वारीमा लगाएको तरकारी पनि छाडा पशु चौपायाले नै सखाप पार्न थालेपछि  समस्या भएको स्थानीय नरबहादुर मल्लले बताए। उप–महानगरपालिकाले छाडा पशु चौपायाको पुर्ण रुपमा उचित व्यवस्थापन गर्ने भन्दै गौशाला स्थापना गरेपनि व्यवस्थापन गरिएको छैन्।

कृषि व्यवसायमै निर्भर रहेका परिवारलाई त झनै समस्या भएको छ। छाडा पशु चौपाया नियन्त्रणको माग गर्दै पटक–पटक सरोकारवाला निकायमा धाउँदा पनि वास्ता नगरेको गुनासो स्थानीय शोभा ओझाको छ। सो क्षेत्रका स्थानीयले ठूलो क्षेत्रमा लगाएको धान खेती, मकै खेती, वर्खे तरकारी, डाले घाँस लगायतका अन्य वालीसंगै तरकारी पनि नास गरेको गुनासो स्थानीयको छ।

छाडा चौपायाहरुको संख्या बढेसंगै सो क्षेत्रमा रातदिन हेरालु वस्नुपर्ने बाध्याता रहेको स्थानीय महामती मल्लले बताईन। पशु चौपायको उचित व्यवस्थापन हुन नसक्दा नगरबासीले खेप्दै आएको हैरानी समेत अन्त्य हुन सकेको छैन। छाडा पशु चौपायाले भर्खरै रोपेको धान बाली र मकै बाली खाएर सखाप पार्न थालेपछि किसानहरु चिन्तित भएका छन्।

रातीको समयमा बालीमा छाडा पशु चौपायाको बथान नै पस्न थालेपछि किसानहरु रातभर जाग्रम बस्न बाध्य भएका छन्। छाडा पशु चौपाया व्यवस्थापन गर्ने खोक्रा नारा लगाएर निर्वाचित भएका जनप्रतिनिधीले कार्यभार सम्हालेको समेत दुई वर्ष पूरा भएको छ। तर पशु चौपायाको व्यवस्थापनमा उदासिन बनेको आरोप लागेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस