सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

२०७६ साउन ७, ०२:०० प्रकाश सिंह

बाजुरा जिल्लाकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकी लक्ष्मी चदाराको बलत्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिईन्। शुक्रवारको दिन पुर्वी दिल्लीको सक्कपुरको डि ब्लक नम्वर एक सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुतमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोन मार्फत जानकारी दिए। 

उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ। उनलाइ भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ। बुवा देब चदारा उनकै घरको चौकीदारी गर्दै आएका थिए भने आमा सोही घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्दै आएकी थिईन्। शुक्रवार दिउसो पौन एक बजे चदाराले बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अबस्थामा फेला पारेका थिए। अचेत अबस्थामा फेला पारेपछि अस्पताल पुगाईएकोमा अस्पताल पुग्ने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

छोरीको हत्या भएको खबर पाएपछि भारत स्थित बिभिन्न नेपाली संघ संगठन र नेपाली राजदुतावासलाई सहयोग मागेका थिए। अन्य नेपालीहरुको सहयोगमा प्रहरी कहाँ मुद्धा दर्ता गर्न र पिडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रिय महासचिब खग्रेन्द्र बहादुर सिंहले वताए। दुई हप्ता पहिले डोटी जिल्ला घर भई भारतमा बस्दै आएकी १४ कि सिता नेपाली (नाम परिवर्तन ) भारतको नयाँ दिल्लीमा आफनै काम गर्ने मालिकको छोराले बलत्कार गरेको खुलेको थियो। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस