सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

२०८२ साउन २३, ०१:४०
सप्तरीः सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो।




कमेन्ट लोड गर्नुस