सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुईवटा अटो एक आपसमा ठोक्किदा ८ जना घाईते 

२०८२ साउन २२, ०६:०८ खबर संवाददाता

धनगढीः कैलालीमा दुईवटा अटो एक आपसमा ठोक्किदा ८ जना घाईते भएका छन्। 

गोदावरी नगरपालिका३ स्थित अत्तरिया देखि कञ्चनपुर तर्फ जादै गरेको पेट्रोलवालाअटो र वितरित दिशातिरबाट आदे गरेको अटो कम आपसमा ठोक्किदा दुबै अटोमा सवार ८ जना घाईते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

घाईतेहरुको अत्तरिया अस्पताल र धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरिक्षकको कमाण्डमा पाँच जनाको टोली खटाइएको कैलाली प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस