सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहु विवाहलाई मान्यता दिन बनेको मस्यौदा खारेज गर्न कानून मन्त्रीलाई ध्यानाकर्षण पत्र

२०८२ साउन २१, ०७:४० खबर संवाददाता

धनगढीः नेपालमा बहु विवाहलाई कानुनी मान्यता दिन बनेको कानूनी मस्यौदा खारेजीको माग गर्दै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा बहादुर सार्कीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। 

कैलाली जिल्लाको महिला मानव अधिकार रक्षक सञ्जालले बुधबार कानून मन्त्री सार्कीलाई उक्त पत्र बुझाएको हो। 

संघीय कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राखेर गर्भाधान गराएमा वा सन्तान जन्माएमा त्यसलाई दोस्रो विवाहको लागि मान्यता दिने संशोधनको मस्यौदा तयार पारेको छ। जुन कानुन बन्ने प्रकृयामा छ । 

यसले पहिलो श्रीमतिलाई अन्याय हुने र समाजमा अझ विकृति बढाउने कार्य मात्रै भएको  भन्दै मस्यौदा खारेजका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री सार्किलाई  ध्यानाकर्षण पत्र बुझाइएको हो। 

महिला अधिकारका लागि दबाब अभियानमा ऐक्यबद्धता जनाउदै महिला अधिकारकर्मीहरुले हिजो देखि सुरु गरेको बिहान १० बजेबाट एक घण्टा धर्ना बस्ने कार्यक्रम पनि यथावत छ। जल्ला प्रशासन कार्यालय, कैलालीमा एक घण्टा उनिहरुले धर्ना दिदै आएका छन्। 

कमेन्ट लोड गर्नुस