अबिरल वर्षाका कारण डडेल्धुरामा तीनवटा घर भत्किदा ४ लाख बढीको क्षति

२०८२ साउन २१, ०६:२६
डडेलधुराः डडेल्धुरामा अबिरल वर्षाका कारण तीनवटा घर भत्किएका छन्।
जिल्लाको अजयमेरु गाँपालिका‐१ सिलिङ्गी स्थित तीनवटा कच्चि घरको छानो र भित्ता भत्किदा ४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानएको छ।
उक्त घटनामा मानविय तथा पशुचौपायाको भने क्षति नभएको र थप विवरण संकलनका लागि प्रहरी चौकी पोखराबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा दुई जनाको प्रहरी टोली खटाईएको छ।



कमेन्ट लोड गर्नुस