सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी‐९ मा रहेको भवानी माविलाई धनगढी उप‐महानगरद्वारा शैक्षिक सामग्री वितरण

२०८२ साउन २१, ०५:२८ खबर संवाददाता

कैलालीः धनगढी‐९ मा रहेको श्री भवानी माध्यमिक विद्यालयलाई, धनगढी उप‐महानगरपालिकाले शैक्षिक सामग्रीहरु वितरण गरेको छ।  

सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत धनगढी उप‐महानगरपालिकाद्वारा बुधबार उक्त विद्यालयमा, बालविकास कक्षाका विद्यार्थीहरूका लागि  क‐ख, ए,बी,सी, १,२,३ म्याटहरु, पी फम, बेबी चेयर, टेबल, शु‐र्याक, ह्वाइट बोर्ड, विभिन्न रकरहरु, कार्पेट लगातका सामग्री वितरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख घुम्मन सिंह बडायकले बताए। 

धनगढी  उप‐महानगरपालिक‐९ का वडाध्यक्ष प्रेम बहादुर भण्डारीद्वारा नगर प्रमुख गोपाल हमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह पार्की, प्रधानाध्यापक राम बहादुर बोहरा, शिक्षक, अभिभावक लगायतको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए।  

कमेन्ट लोड गर्नुस