धनगढी‐१२ स्थित सिद्वनाथ माविलाई धनगढी उप‐महानगरपालिकाद्वारा शैक्षिक सामग्री वितरण

कैलालीः धनगढी‐१२ सिद्वार्थनगर स्थित श्री सिद्वनाथ माध्यमिक विद्यालयलाई धनगढी उप‐महानगरपालिकाले शैक्षिक सामग्रीहरु वितरण गरेको छ।
सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत धनगढी उप‐महानगरपालिकाद्वारा बुधबार उक्त विद्यालयमा, बालविकास कक्षाका विद्यार्थीहरूका लागि क‐ख, ए,बी,सी, १,२,३ म्याटहरु, पी फम, बेबी चेयर, टेबल, शु‐र्याक, ह्वाइट बोर्ड, विभिन्न रकरहरु, कार्पेट लगातका सामग्री वितरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख घुम्मन सिंह बडायकले बताए।
धनगढी उप‐महानगरपालिक‐१२ का कार्यबाहक वडाध्यक्ष महेन्द्र खडकाद्वारा नगर प्रमुख गोपाल हमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदेव उपाध्याय, प्रधानाध्यापक प्रेम बहादुर शाही, शिक्षक, अभिभावक लगायतको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए।



