सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका दुई पुलको बजेट कटौती भएपछि सांसदको असन्तुष्टि

२०८२ साउन २१, ०४:१६ खबर संवाददाता

धनगढीः सांसद शेरबहादुर कुँवरले कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका अछाममा पर्ने दुई पुलको बजेट कटौती भएको विषयमा सरकारलाई प्रश्न गरेका छन्।

गत आर्थिक वर्षमा बुढीगंगा नदी तथा तुर्माखाँद गाउँपालिका र तल्लो डुंगेश्वरस्थित कर्णाली नदीको मोटरेबल पुलका लागि डेढ–डेढ करोड बजेट परे  पनि अहिले कटौती भएको भन्दै उनले असन्तुष्टि जनाए।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद कुँवरले भने, ‘यी दुवै पुल कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका महत्त्वपूर्ण पुल हुन्। तर, यसपालिको बजेटमा कटाइएको छ। किन र के कारण कटाइयो सरकारसँग जवाफ चाहन्छु।’

कमेन्ट लोड गर्नुस