सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी स्थित ठेकेराज माविलाई पालिकाको सहयोगमा भौतिक सामग्री हस्तान्तरण

२०८२ साउन २१, ०१:३६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको ठेकेराज माध्यमिक विद्यालयलाइ पालिकाको सहयोगमा भौतिक सामग्री हस्तान्तरण गरिएको छ। 

धनगढी उपमहानगरपालिका–११ घोडसुुवामा बालविकास कक्षामा अध्ययनरत बालबालिकाहरुका लागी उप-महानगरपालिकाको आर्थिक सहोगमा वडाअध्यक्ष रूपबहादुर कुँवरले विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको  शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख घुम्मन सिंह बडायकले बताए।

उनका अनुसार बुधवार बालबालिकाहरुलाइ, कुर्षी टेबल, कार्पेट, पि फम लगायत बिभिन्न किसिमका खेलौनाहरु नगरप्रमुख गोपाल हमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बोगटी, प्रधानाध्यापक लेखराज ओझा, शिक्षकहरु र अभिभावकहरु लगायतको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस