सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा मोटरसाइकलको ठक्करबाट महिला घाइते

२०८२ साउन २०, ०५:५२ खबर संवाददाता

धनगढी : कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ पानी ट्याङ्की नजिक से ६ प ३६९९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सुलेखा राजपुत घाइते भएकी हुन्। भारतीय २९ वर्षीय राजपुतलाई १८ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएको हो। उनको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ। मोटरसाइकल टीकापुर प्रहरीको नियन्त्रणमा रहेको छ।

 

कमेन्ट लोड गर्नुस