सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

२०८२ साउन २०, ०५:४१ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलमा १९ वर्षीय विशाल चन्दले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ५० वर्षीय कलावती देवी भट्टलाई ठक्कर दिएको हो।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएपछि भट्ट घाइते भएकी हुन्। उनको टाउँको, हात र बाँया खुट्टामा चोट लागेको छ। दोधारा चाँदनी अस्पतालमा सामान्य उपचारपछि उनलाई धनगढी रेफर गरिएको छ। मोटरसाइकलका चालक चन्द र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस