सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई सहयोग

२०८२ साउन २०, ०४:०५ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा रहेको कपडा बैँकलाई सहयोग गरिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का राजेन्द्र भट्टले कपडा बैँकलाई ४४ थान कपडा सहयोग गरेका हुन्।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैँकमा उनले सोमवार कपडा सहयोग गरेका बैँकले बताएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारको लगानीमार्फत सञ्चालन गरिएको बैँकमा कपडा सहयोग गरिएको हो। बैँक मार्फत आवश्यक परेकाहरूले निःशुल्क कपडा लिने गरेका छन्।

 

कमेन्ट लोड गर्नुस