सुदूर नेपाललाई विश्वसँग जोड्दै

युनिसेफः गाजामा बम विस्फोट र भोकमरीका कारण दैनिक २८ बालबालिकाको मृत्यु

२०८२ साउन २०, ०३:३४ रासस

न्युयोकः संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजापट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ।

गाजामा जहाँ छ सय ६० दिनभन्दा लामो समयदेखि युद्ध जारी छ।“बमबारीबाट मृत्यु। कुपोषण र भोकमरीबाट मृत्यु। सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको छ”, युनिसेफले एक्समा गरेको पोस्टमा भनिएको छ, “गाजामा, दैनिक औसत २८ बालबालिका–‘कक्षाकोठाको आकार’–मारिएका छन्।”    एजेन्सीले गाजाका बालबालिकाहरूलाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भनेको छ,

“कुनै पनि कुराभन्दा बढी, उनीहरूलाई युद्धविराम चाहिन्छ।”इजरायली सेनाले मार्च २ देखि गाजाको सीमा नाकाहरू बन्द गरेको छ र सामान र सहायताको प्रवेश रोकेको छ। यसको परिणाम गाजापट्टीमा अभूतपूर्व अनिकाल निम्त्याएको छ। 
 

कमेन्ट लोड गर्नुस