डडेलधुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
डडेलधुराः डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका-२ का ४५ वर्षीय गणेश भट्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक धनि चन्दका अनुसार सोमवार नम्बर प्लेट नरहेको पल्सर मोटरसाइकल दुर्घटनामा परेर भट्टको सोमवार मृत्यु भएको हो। अजयमेरु गाउँपालिका-१ पुइलेक कासिपुर सडकखण्डको घुम्तीमा भट्टले चलाएको उक्त मोटरसाइकल ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।