सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका रविन्द्रले  जितेको बेल्ट मेन्टर लामालाई समर्पण

२०८२ साउन १९, ११:४३ खबर संवाददाता

धनगढीः बझाङका रविन्द्रले भारतमा आयोजित प्रतिष्ठित एम एम ए प्रतियोगितामा शुक्रवार  फाइट नाइटमा बेल्ट जितेका छन्।

बान्टमवेट वर्गको बेल्ट जित्दै ठूलो सफलता हात पारेका उनले साविक विजेता कोरेनलाई पराजित गर्दै उपाधि जितेपछि यो गौरव प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्। रविन्द्रमा प्रारम्भिक सम्भावना देखेपछि दिविजले आफ्नै खर्चमा उनको प्रशिक्षण, बसोबास र जीवनशैलीको सम्पूर्ण व्यवस्थापन गर्दै उनलाई तयार पारे। एनडब्लुसीमा उत्कृष्ट प्रदर्शन गरेपछि रविन्द्रले विदेशी प्रशिक्षण र प्रतिस्पर्धाको अनुभवबाट आफूलाई थप निखारे।

दिविजको जोखिमपूर्ण लगानी र समर्पणले रविन्द्रलाई विश्वस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

कमेन्ट लोड गर्नुस