सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा प्रहरीद्धारा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

२०७६ साउन ६, ०२:५५ खबर संवाददाता

कैलालीको अत्तरियामा प्रहरीले दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका वडा नम्बर १ का विभिन्न स्थानबाट दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले  दुई हजार लिटर मदिरासंगै मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको बताए। बरामद गरिएको मदिरा जनप्रतिनिधीको रहोबरमा नष्ट गरिएको प्रहरी नायब उपरिक्षक विष्टले जनाए। 
 

कमेन्ट लोड गर्नुस