धनगढी उप‐महानगरको सरकारी टोली बडिमालिका धार्मिक यात्रामा जाने
धनगढीः धनगढी उप‐महानगरपालिकाको सरकारी टोली बडिमालिकाको धार्मिक यात्रामा जाने भएको छ।
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक पर्यटकीय स्थल बाजुरा स्थित जगत जननी बडीमालिका माईको मन्दिरमा श्रावण २३ गते चतुर्दशीका दिन लाग्ने धार्मीक मेलाको अवसरमा धनगढी उप‐महानगरपालिकाको सरकारी पुजा टोली साउन १८ गते विहान धार्मिक यात्राको लागि प्रस्थान गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जानकारी दिएका छन्।