सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

२०८२ साउन १६, ०२:१० खबर संवाददाता

नवलपरासीः नवलपरासीको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका १२ जना मध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ भने बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए। अगाडि रहेको अटोरिक्सालाई बचाउने क्रममा बस अनियन्त्रित भई  विपरीत लेनमा पल्टिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस