सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

२०८२ साउन १६, १०:३९

काठमाडौँ : गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौँको एक होटलबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याएको प्रहरीको भनाइ छ। बिहीवार दिनभर अन्य सवारी आवागमनमा असर पु¥याएको र अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको प्रहरीको दाबी छ। होटलमा पनि अरुलाई प्रतिकूल हुने गरी गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

 

कमेन्ट लोड गर्नुस