सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना हुँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर

२०७६ साउन ६, ११:५७ खबर संवाददाता

डोटीमा जीप दुर्घटनामा परी सात जना घाईते भएका छन्। जिल्लाको पूर्वीचौकी गाँउपालिका वडा नम्बर ५ मा गयराती धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्करको स्कारपियो जीप दुर्घटना हुँदा सातजना घाईते भएको प्रहरीले जनाएको छ। घाईते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले दुर्घटनामा जीप चालक अछाम मंगलसैन ५ का ३१ वर्षीय थलेन्द्र उपाध्याय, कमलबजार नगरपालिका ९ का ३३ वर्षीय दिपक प्रसाद उपाध्याय, जयगड गाउँपालिका ६ का ३ वर्षीय रतेश ठकुल्ला,सोही ठाँउका ३० वर्षीय हरक ठकुल््ला, ३ वषर््ीाय रोनिश ठकुल्ला, २७ वर्षीय दीपा ठकुल्ला, रामारोशन गाउँपालिका का २३ वर्षीय रेजिना खनाल घाइते भएका छन्।

उनीहरु मध्ये रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक धामीले बताए। गम्भीर घाईतेलाई कोहलपुर रेफर गरिएको छ भने अन्यको बयलपाटा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। जीप सडकबाट एक सय ५० मिटर तल खसेको छ। 

कमेन्ट लोड गर्नुस